Saturday, July 23, 2022

हामी नै त्यो अन्तिम पुस्ता हौ !!! @

हामी नै त्यो अन्तिम पुस्ता हौ !!! 😍

१. हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले माटोको घरमा बस्याैं । बुवा-आमाको काखमा कथा भजन सुन्दै निदायौं । जमीनमा पलेटी मार्दै बसेर खाना खायौं । प्लेटमा खन्याएर चिया पियौं ।

२ , हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले बाल्यकालमा गाउँ  छिमेकका साथीहरू जम्मा भएर नजिकैको मैदानमा पुगेर परम्परागत खेल, डन्डी-बियो, लुकामारी, कबर्डी , डोरी नाघ्ने, चुङ्गी, गुच्छा जस्ता दुर्लभ कुराहरू खेल्यौं । अनलाइन गेम खेल्ने अहिलेको पुस्तालाई यी कुराहरू कथा जस्तो लाग्लान ।

३, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले टुकि बालेर, लालटिन  बालेर र चिम बालेर पढ्यौं, होमवर्क गर्यौ । कसै-कसैले मैनटोल पनि बाल्यौं । उपन्यास तथा कमिक्सहरु समेत पढ्यौं । यी तिनवटै कुराको अनुभव प्राप्त गर्ने भाग्यमानी पुस्ता हौं हामी ।

४, हामी त्यै पुस्ताका मान्छे हौं, जस्ले आफू र आफन्तका भावनाहरुलाई पत्रका माध्यमबाट आदानप्रदान गर्यौं ।

५, हामी त्यै अन्तिम पुस्ताका मान्छे हौं, जस्ले कुलर, एसी तथा हिटर बिनै बाल्यकाल बितायौं । माटाेकाे गाग्रीकाे पानी, भुँड्काकाे दही खायाैं ।

६, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले कपालमा तोरिको तेल घसेर स्कुल गयौं, बिबाह तथा भोजभतेरमा पुग्यौं । टपरीमा र केराको पातमा पार्टी खायौं । अनि स्याम्पुको सट्टा पिनाले नुहायौं । रिठ्ठा र खरानीले लुगा धाेयाैं ।

७, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले मसी भर्ने भरुवा कलमले लेख्यौं । आफ्नो कापी किताब र कपडामा मसी पोखेर कालो निलो बनायौं ।

८, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले स्कुलमा सरको हातबाट भक्कु कुटाइ खायौं र कुखुरा पनि बन्यौं । घरमा पनि नपढेकाे भनेर थप कुटाई खायौं । माटाेकाे स्कुुलमा, चकटिमा बसेर पढ्याैं । केतुके घारीमा दिशा पिसाव गर्याैं ।

९, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले खेल्दा-खेल्दै गाउँका अग्रजहरुलाई टाढाबाट देखेपछि बाटोको कुनैकुना दौडिदै घर आउने गर्थ्यौं । शिक्षकहरूलाई देख्दा घरकाे बुईकलमा गएर लुक्थ्याैं ।

१०, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले नुन ढिकीकाे चिया पिएका छौं ,  रोटिमा खुदो दलेर खाएका छौँ । चिउरीको बोटमा चढेर टन्न होइन्जेल चिउरी खाएका छौँ ।

११, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले सिमलि, दतिवन, अँगार, कदम , बाँसको   डाठ भाचेर दात माझ्यौं । डावरको रातो धुलो र कोलगेटको सेतो पाउडर हुँदै अहिले विभिन्न कम्पनीका पेस्टहरु समेत अनुभव गर्‍यौं ।
१२, हामी निश्चय नै त्यै अन्तिम पुस्ता हौं, जस्ले जुनेली रातमा पुरै परिवार संगै बसेर रेडियोमा BBC सुन्यौं । घटना र बिचार सुन्यौं ।

१३, हामी नै त्यो अन्तिम पुस्ता हौं, जो गर्मी महिनामा साझ पर्ने बित्तिकै गुन्द्री र तन्ना बिछ्याएर सुत्यौं । अधिक गर्मी हुँदा घरकाे माटाेकाे मझेरीमा सुत्यौं । बिहान घाम झुल्किसकेपछी पनि एकछिन अल्छी गरेर मीठो निन्द्रामा  सुतिरह्यौं । ती सबै दिनहरु बिते,कथा जस्ता भए । अचेल त डब्बा जस्तो कोठामा एसी र कुलर लगाएर नरम बिस्तारा सहितको पलंगमा सुत्दा पनि मीठो प्राकृतिक निन्द्रा छैन ।

१४, हामी नै त्यो अन्तिम पुस्ता हौं, जस्ले ती सुन्दर सुमधुर सम्बन्ध तथा त्यसको मिठास बाड्ने मानिसहरू देख्यौं, भेट्यौं,। अचेल त मानिसबाटै मानिसलाई खतरा हुँदै गयो । मानिसहरू जति पढेलेखेका र बुद्धिजीवी हुँदै गए उति नै स्वार्थी, निर्दयी, मतलबी, एकलकाटे हुँदै गए । हामी नै त्यो भाग्यमानी पिढी हौं जस्ले सुमधुर सम्बन्धको मिठास चाख्यौ ।

१५ , बास्तबमै हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले रातबिरात बाँसको भाटा, चप्पल, सल्लाको काठ जस्ता कुराहरूको राको बालेर कोसौं टाढासम्म पैदल हिड्यौं । हिड्दाहिड्दै जस्को घर नजिक पुग्दा थाकेर लखतरान भयौं उसैको घरमा बास मागेर बस्यौं । मोहि र मकै खाएर पेट भर्यौं अनि पिंढिं तथा आगनमा मस्त सुत्यौं ।

१६. हामी नै त्याे अन्तिम पुस्ता हाैं जसले नाङ्गो गाेडा हुँदै हात्तीछाप चप्पल चुडिदा केतुकेकाे काँडले उनी लाएकाे र डाेरीले बाँधी प्रयाेग गरेकाे थियौं।

हामी नै त्यो पुस्ता हौं, जस्ले आफ्नो आमा बुबाको कुरा पनि मान्यौं र बच्चाहरुको पनि मानिरहेकै छौ ।

#साभार

Saturday, June 20, 2020

कोरोना महामारी ले सिकाएको कुराहरु koronaale sikaaeko kuraharu





https://youtu.be/qjK5SHpR5y0

कोरोना कहर र लकडाउन ले सिकाएका १० कुराहरु :-

१. संसारको महान व्यक्ति किसान रहेछ ।

२. सबै भन्दा उत्तम कर्म कृषी रहेछ ।

३. सबै भन्दा शक्तिशाली वस्तु अन्न रहेछ ।

४. प्रकृती बिरुद्द कार्य गर्नु मुर्खता हो ।

५. अमेरिका शक्तिशाली राष्ट्र होइन रहेछ ।

६. मानिस सवारी साधन बिना पनि हिड्डुल गर्न सक्ने रहेछन ।

७. धनी हरु सँग भन्दा गरिबहरु सँग रोग सँग लड्न सक्ने क्षमता बढी हुने रहेछ ।

८. हामी पशुपंछी नखाई पनि बाच्न सक्ने रहेछौँ ।

९ हरेक मानिसलाई आफ्नै देशमा मर्ने इच्छा हुन्छ ।

१०. कृषीमा आधुनिकिकरण भएमा देश छिट्टै समृद्ध बन्न सक्छ !

कोरोना महामारी ले सिकाएको कुराहरु koronaale sikaaeko kuraharu

 कहर र लकडाउन ले सिकाएका १० कुराहरु :-
१. संसारको महान व्यक्ति किसान रहेछ ।

२. सबै भन्दा उत्तम कर्म कृषी रहेछ ।

३. सबै भन्दा शक्तिशाली वस्तु अन्न रहेछ ।

४. प्रकृती बिरुद्द कार्य गर्नु मुर्खता हो ।

५. अमेरिका शक्तिशाली राष्ट्र होइन रहेछ ।

६. मानिस सवारी साधन बिना पनि हिड्डुल गर्न सक्ने रहेछन ।

७. धनी हरु सँग भन्दा गरिबहरु सँग रोग सँग लड्न सक्ने क्षमता बढी हुने रहेछ ।

८. हामी पशुपंछी नखाई पनि बाच्न सक्ने रहेछौँ ।

९ हरेक मानिसलाई आफ्नै देशमा मर्ने इच्छा हुन्छ ।
१०. कृषीमा आधुनिकिकरण भएमा देश छिट्टै समृद्ध बन्न सक्छ

सामाजिक संजाल मा भेटिएका सत्य  !https://youtu.be/qjK5SHpR5y0

Wednesday, April 15, 2020

अरुको भलाइ

फेसबुकमा भेटे अति घत लाग्यो अनि ब्लग मा राख्न पुगे अवस्य पढौ ।

चीनका राष्ट्रपति सी जीनपीङले भनेः

म सानो छँदा ज्यादै स्वार्थी थिएँ । सबै कुरामा म आफ्नो मात्र फाइदा हेर्थें । फलतः मलाई सबैले छोड्दै गए, साथीहरूले समेत छोडे। मैले कहिल्यै पनि आफ्नो गल्ती देखिनँ, सधैं अरुलाई दोष दिएँ र उनीहरूको निन्दामात्र गरें। 

जीवनमा अपनाउनु पर्ने तीन कुरा मेरा बाबुले मलाई सिकाउनुभयो।

एक दिन मेरा बाबुले दुई कचौरा चाउचाउ पकाउनुभयो र टेबुलमा राख्नुभयो। एउटा कचौरामाथि एउटा अन्डा थियो, अर्को कचौरामाथि अन्डा थिएन। बाबुले मलाई एउटा कचौरा रोज्न दिनुभयो। उस बखत आकलझुकलमात्र अण्डा खाने अवसर जुर्थ्यो—चाडपर्वमा वा नयाँ वर्षमा । मैले सहजै अण्डा भएको कचौरा छानें । जब हामीले चाउचाउ खान थाल्यौ, मैले आफ्नो छनोटप्रति आफूलाई बधाई दिंदै खुसी हुँदै अण्डा खाएँ । मेरा बाबुले चाउचाउ खाँदै गर्दा उनको कचौराको पिंधमा चाउमीनमुनि दुइटा अण्डा देखियो! मलाई ज्यादै पश्चाताप भयो! आफूले हतार गर्दै कचौरा छानेकोमा मलाई आफै देखी रिस उठ्यो।

मेरा बाबुले मुस्कुराउँदै मलाई भन्नुभो— "प्रिय छोरो, तिमीले बुझ्नु पर्छ— तिम्रा आँखाले देखेका कुरा सधैं सत्य नहुन पनि सक्छन् । यदि तिमी अरुबाट फाइदा उठाउने उद्देश्य राख्छौ भने अन्ततः तिमी गुमाउने छौ।"

अर्को दिन मेरा बाबुले फेरि दुई कचौरा चाउचाउ पकाउनुभयो र टेबुलमाथि राख्नुभयो— पहिलेजस्तै एउटा कचौरा माथि एउटा अण्डा थियो र अर्को कचौरामा अण्डा थिएन ।

बाबुले मलाई भन्नुभयो, "प्रिय पुत्र, कुनचाहिँ कचौरा लिन्छौ, रोज?"
यसपटक म चनाखो भएँ। मैले कचौरामाथि अण्डा नभएको चाहिँ कचौरा छानें र फुर्कँदै चाउचाउ खोतलेर हेरें । कचौराको पिंधमा एउटा पनि अण्डा थिएन । मेरा बाबुले मुस्काराउँदै मलाई भन्नुभयो, "प्रिय छोरा, तिमीले सधैँ अनुभवमाथि भर पर्नु हुँदैन किनभने कहिलेकहीं जीवनले धोखा दिन सक्छ, छल गर्न सक्छ । तर तिमी रिसाउनु वा दुःखी हुन हुँदैन । यसलाई तिमीले एउटा शिक्षाको रुपमा ग्रहण गर्नु पर्छ । यो पाठ तिमी  पाठ्यपुस्तकबाट सिक्न सक्तैनौ ।"

मेरा बाबुले तेस्रो दिन फेरि दुई कचौरा चाउमीन पकाउनुभयो— एउटा कचौरामाथि एउटा अण्डा थियो र अर्को कचौरामा अण्डा थिएन । बाबुले कचौरा टेबुलमाथि राख्दै मलाई भन्नुभयो—"प्रिय पुत्र, चाउमीनको एउटा कचौरा रोज, कुनचाहिँ कचौरा लिन्छौ?"

यसपटक मैले बाबुलाई भनें— "बाबा, कचौरा तपाईं रोज्नुस् । तपाईं घरमुली हुनुहुन्छ । परिवारमा सबैभन्दा बढी योगदान तपाईंकै छ ।" 

मेरा बाबुले नाई-नास्ती नगरी एउटा अन्डा भएको कचौरा छान्नुभयो । मैले आफ्नो भाग चाउचाउ खाँदै गर्दा मनमनै सोचें— 'पक्का पनि यसपटक मैले अण्डा गुमाएँ !' तर मैले चाउचाउ खाँदै जाँदा कचौराको पिंधमा चाउचाउले छोपिएको दुइटा अण्डा देखेर म आश्चर्यमा परें !

मेरा बाबुले प्रेमपूर्वक मलाई हेरेर मुस्कुराउँदै भन्नुभयो, "प्रिय पुत्र, तिमीले बुझ्नु पर्छ । जब तिमी अरुको भलाइको बारेमा सोच्छौ स्वाभाविक रुपमा तिम्रो पनि भलो हुनेछ ।"

त्यो दिनपछि, मैले सधैँ मेरा बाबुले भन्नुभएको यी तीन कुरालाई जीवनमा अपनाएको छु—मैले गर्ने हरेक कर्ममा सर्वप्रथम म अरुको भलाइ सोच्छु।

*(द्रष्टव्यः यो कथा इन्टरनेटमा उपलब्ध अङग्रेजी स्रोतबाट नेपालीमा भावानुवाद गर्ने प्रयास गरेको हो।

Friday, January 24, 2020

अहमकार

अहंकार (प्रेरक कथा)
--------
एउटा गाई चर्नको लागि जंगल तर्फ गईरहेको थियो ! चर्दै गर्दा बेलुकी हुन लागि रहेको थियो , गाईले देख्यो कि एउटा बाघ उ तर्फ लम्कदैछ ! गाई डरले यताउता भाग्न थाल्यो, त्यो बाघ पनि गाई कै पछि दौडिन थाल्यो, दौडिदै गर्दा गाइले अगाडि पोखरी देख्यो, डरले गाई पोखरीमा पस्यो ! त्यो बाघ पनि गाईको पछिपछि पोखरी मै पस्यो !
तब गाईले थाहा पायो कि त्यो पोखरी त्यति गहिरो थिएन ! पोखरीमा पानी कम थियो त्यसमा हिलोले भरिएको थियो , गाई र बाघको दुरि धेरै कम थियो तर पनि बाघले केही गर्न सकिरहेको थिएन ! गाई हिलोभित्र बिस्तारै-बिस्तारै भासिन लाग्यो , बाघपनी धेरैथोरै गर्दै हिलोभित्र भासिन लाग्यो ! दुइटै नजिक-नजिक थिए उनिहरु हल्लिन पनि सकिरहेका थिएनन् ! गाई आफू नजिक हुदापनी बाघले गाइलाई पक्डन सकिरहेको थिएन !

केही समयपछि गाईले त्यस बाघलाई भन्यो: के तिम्रो कोहि गुरु वा मालिक छ ?
बाघले गज्रीदै भन्यो: म यो जंगलको राजा हुँ! मेरो कोहि मालिक छैन , म आफै जंगलको मालिक हुँ !

गाइले भन्यो: तर तिम्रो त्यो शक्तिको अहिले यो परिस्थितिमा के काम ?
बाघले भन्यो: तिमी पनि त यस दलदल हिलोमा फ़सेका छौँ , र मर्नका लागि छट्पटाइ रहेका छौ ! हालत पनि मेरै जस्तै छ !

गाइले मुस्कुराउदै भन्यो: बिल्कुल हैन, मेरो मालिक बेलुकिपख जब घरमा आउँछ र मलाई गोठमा नदेखेपछी मालिक अबस्य मलाई खोज्दै यहाँ आइपुग्छ ! र मलाई यो दलदल हिलोबाट उकासेर घर लिएर जान्छन् ! तर तिमिलाई कस्ले लान्छ?

🏵️ साच्चै केही समयपछि एकजना मान्छे त्यहा देखा पर्छ र गाईलाई हिलोबाट निकालेर आफ्नो घर लिएर जान्छ ! जानेबेला गाई र गाईको मालिक एकाअर्कालाई कृतज्ञतापुर्ण हेर्छन् ! मान्छेले चाहेर पनि  बाघलाई हिलोबाट बाहिर निकाल्न सक्दैनथ्यो! किनकि मान्छे र गाई दुइकै लागि बाघ खतरा थियो !

गाई - समर्पित मनको प्रतीक हो !
बाघ- अहंकारी जनावर हो !
       र
मालिक - ईश्वरको प्रतीक हो !
हिलो - यही संसार हो !
       र
यो संघर्ष - अस्तित्वको लडाइ हो !

💮 कसैसँग निर्भर नहुनु राम्रो हो ! तर, म नै सर्बैसर्ब हुँ मलाई कसैको सहयोग को आवश्यक्ता पर्दैन भन्नू यहीँ नै अहंकार हो ! र यहीँ नै बिनासको बिऊ हुनसक्छ !

🌸 साभार 🌹

Tuesday, September 11, 2018

मेरो जन्मदिन

एकाबिहानै मोबाइलमा message को टोन बज्यो । आँखा मिच्दै पढ्ने कोसिस गरेँ, 'happy birthday'। मोबाइललाई थिचेर सिरानीमुनि फेरि निदाउने कोसिस गरेँ । मोबाइलको क्यार् क्यार् रोकिएनँ । उठेँ, हाइ काढ्दै र लागेँ नित्य कर्ममा । 
बिहानै उठेर net बाट चियाउने बानी नै भैसक्यो । अनुहारलाई पानीले पखालेर कम्प्युटर अघिल्तिर बसेँ र सुरु गरेँ नयाँ दिनको यात्रा facebook.com बाट । log in गरेको के थिएँ, message र notification को थुप्रो लागेको रहेछ । पहिलो message मा click गरेँ । लेखिएको थियो, 'happy birthday'। पढ्दै जान्छु त सबैजसो message मा उही कुरो । ह्या, दिक्क लाग्यो । message लाई छोडेर लागेँ प्रोफाइलतिर । आफ्नो wall देखेर ट्वाल्ल परेँ । screen मा देखिने जति wall 'happy birthday'ले भरिएको रहेछ । मैले के गर्दिएको थिएँ र मेरो जन्मदिनमा यति खुसी भएका यिनीहरू ? 
सोच्दासोच्दै आफैँभित्र हराएँ । मैले केही मेहनत नगरिकनै २६ वसन्त पार भैसकेछन् । पृथ्वीमै बसेर सूर्यलाई २६ फन्का मारिसकेछु । तर यसमा मेरो थोप्पो देन छैन । मलाई हुर्काउन आमाले दुःख झेल्नुभयो । बुबाले कष्ट सहनुभयो । दाइले मेहनत गर्नुभयो । म मूला, बसी बसी २६ वर्ष कटाएछु । खायो, खेल्यो, बढ्यो, त्यत्तिकै उमेर चढ्यो । 
सोचेँ, खुसी हुनुपर्ने गरी मैले केही गरेकै छैन । भनौँ, गर्न भ्याएको छैन वा गर्न पाएको छैन । अझ भनौँ, जे गर्नुपर्थ्यो, त्यो गर्न सकेकै छैन । अझ पनि आमाकै काखमा हुर्किरहेको छु । बुबाकै छत्रछायाँमा बढिरहेको छु । छोरा भएर न छोराको कर्तव्य पूरा गर्न सकेको छु । न त मानव हुनुको नाताले नै कुनै जिम्मेवारी वहन गर्न सकेको छु । बलिया भएका छन् पिँडौला, दरा भएका छन् पाखुरी, तर उपयोग गर्न सकिएकै छैन । 
नलडेको हैन, लडिरहेकै छु । नहिँडेको हैन, हिँडिरहेकै छु । तैपनि लक्ष्य भेटेकै छैन । सपनाको प्यास मेटेकै छैन । अनि जन्मिएको सार भेटिएकै छैन भने उमेर चढ्दैमा किन रमाउनु ? शरीर बढ्दैमा किन खुसी मनाउनु ?
                                                                                        copy from   साहित्यः जीवनको निम्तिmerosirjana.blogspot 

Friday, August 31, 2018

नियत

सुसमाचार सुनाउनमा जोसिलो एक जना मासु पसलेले आफ्नो पसलमा आउने सबै ग्राहकलाई जोसको साथ सुसमाचार सुनाउँदोरहेछ। मासु काट्नअघि ढुङ्गमा मासु पसलेले प्राय स्वाँट्ठाऽऽऽ पारेर दाउ उध्याउने चलन छ। त्यो पसलेले पनि जोसको साथ स्वाँट्ठाऽऽऽऽ पारेर दाउ उध्याउँदै ग्राहकलाई भन्दोरहेछ, ‘के तपाईं स्वर्ग जान तयार हुनुहुन्छ?’ यही तरिकाबाट उसले धेरैलाई सुसमाचार सुनाएछ। एक दिन एउटा बच्चा पनि पसलमा मासु किन्न आयो। दाउ उध्याउँदै खुसीको मुहार लिएर उसलाई पनि सोधियो, ‘के तिमी स्वर्ग जान तयार छौ?’ दाउले छप्काउने भो भनेर त्यो बच्चा पसलबाट चिच्याएर भाग्यो। ठूलो खैला–बैला भो। जीवन दिने सुसमाचार सुनाएको दाबी गरेर पसलेले आफ्नो बचाउ त गर्यो, तर उसको भित्री आसयलाई कसले बुझोस् त? आखिर हत्याको उद्योग गरेको अभियोगमा जेल हालियो। यता ख्रीष्टियानहरूले सुसमाचारको खातिर जेल हालेको अर्थ लगाए, भने उता गैर–ख्रीष्टियानहरूले अर्कै बुझ्छन्।
शिक्षा: हामीसँग असल नियत त हुनैपर्छ तर त्यतिले मात्र पर्याप्त हुँदैन। कतै हामीले पनि सुसमाचारप्रतिको जोसलाई अज्ञानतामा प्रस्तुत गरिरहेका त छैनौं? ठाउँ, व्यक्ति, तरिका, समय र परिस्थितिलाई नबुझीकन जोस देखाउँदा होस पुर्याइएन भने उल्टै विवादमा पर्नेछौं र पारिनेछौं। यसकारण येशूले भन्नुभयो, ‘‘तिमीहरू सर्पझैँ चनाखो र ढुकुरझैँ निर्दोष होओ’’ (मत्ती १०:१६)।
कथा स्रोत: श्रुति